मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा नगर कमिटीले बुझायो ५ बुदे ज्ञापन पत्र

नेकपा नगर कमिटीले बुझायो ५ बुदे ज्ञापन पत्र

  • बिहिबार, साउन २९, २०७७
नेकपा नगर कमिटीले बुझायो ५ बुदे ज्ञापन पत्र

बाजुरा — नेपाल कम्युुनिष्ट पार्टी ( नेकपा) बडिमालिका नगर संगठन कमिटिले जिल्ला प्रशासन कार्यालय र बडिमालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगर कमिटिका ११ सदस्यको हस्ताक्षर सहितको बिज्ञप्ती बडिमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो
केही दिन अगाडी गएको बाढिका कारण जोखीममा रहेका बस्तीका नागरिकहरुलाई तत्तकाल क्षेतीपुर्ती दिनु पर्ने माग सहित ५ बुदे ज्ञापन पत्र बुझाएको नगर संगठन कमिटि सदस्य धर्मराज पाध्यायले बताए ।
बडिमालिका नगरपालिका क्षेत्र भित्र भएको क्षेतीको सत्य तथ्य तथ्याङ्क एकिन गरि क्षेतीको बर्गिकरण गरियोस् साथै क्षतीको आधारमा याथासिघ्र राहत तथा उद्धारका कार्यहरु अगाडी बढाइयोस बिज्ञीप्तीमा भनिएको छ ।
त्यसै गरी साफेँ मार्तडी सडक सुचारु गर्नुका साथै स्थानीय स्तरमा आवत जावत गर्नका लागि परेको समस्यका समाधानका लागि सम्बन्धीत निकायको ध्यानकर्षण गरियोस, हाल नगर क्षेत्र भित्र देखीएको खाद्यन्न लगायतका अन्य दैनिक उपभोग्य बस्तुको कालोबजारी तथा महंगी जस्ता कृतीम अभाव समयमै निराकरण गर्न पहलि गरीयोस लगायतका मागहरु बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


जिल्ला बिपत ब्यबस्थापन समितिद्धारा गरिने सम्पुणर् गतिबिधी पारदर्सी एबं न्यायोचीत गरियोस , नगर क्षेत्र भित्र बिभिन्न स्थानमा भएको अकल्पनीय क्षेतीको यथासिघ्र उद्धार तथा राहतका गतिबिधी संचालन गर्नु पर्ने लगायतका मागहरु सहित जिल्ला प्रशासन कार्यालय बाजुरा र बडिमालिका नगरपालिकामा बिज्ञप्ती बुझाएको नेकपा नगर कमिटि अध्यक्ष बिर बहादुर रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार