शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • शिक्षकहरुको पहलमा बाढि पिडीतलाइ राहत बितरण

शिक्षकहरुको पहलमा बाढि पिडीतलाइ राहत बितरण

  • बिहिबार, साउन २९, २०७७
शिक्षकहरुको पहलमा बाढि पिडीतलाइ राहत बितरण

बाजुरा —  बाजुरा जिल्लामा  चार दिन अगाडी आएको बाढि र पहिरो पिडीतहरुलाई बाजुरा क्याम्पस र मालिका उमाबिका शिक्षकहरुको पहलमा राहत बितरण गरिएको छ । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख लगायत सम्पुणर् शिक्षक र मालिका उमाबीका शिक्षकहरु र केही अन्य ब्यक्तीको पहलमा बडिमालिका नगरपालिका २ घागरका बाढि पिडीत र वडा न ४ ओलेनाका बाढि पिडीतहरुलाई राहत बितरण गरिएको हो । शिक्षकहरुले ब्यक्तीगत रुपमा पैशा संकलन गरी खाद्यन्न किनेर पिडीतको घरमै पुगेर राहत बितरण गरेको शिक्षकहरुले बताएका छन ।
पिडीतहरुको मलमपट्टी लगाउन मानबियता धर्म निभाउन थोरै मात्रामा सहयोग गरेको शिक्षकहरुले बताएका छन । राहतमा चामल दाल र तेल दिएको बताएका छन । उच्च जोखीममा रहेकालाई केही मात्र बढि र कम जोखीम रहेका हरुलाई थोरै सहयोग गरीएको बताएका छन । ओलेना जडाङ्गा र घागरमा सम्बन्धीत वडाका वडाअध्यक्षहरुलाई जिम्मा लगाएको र वडाअध्यक्षले जोखीमको आधारमा राहत बितरण गर्ने गरी जिम्मा लगाएको शिक्षक शेर बहादुर रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार