बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपमेयर कबिता बिष्ट बाढीपिडितको घर पुग्दा……….

उपमेयर कबिता बिष्ट बाढीपिडितको घर पुग्दा……….

  • बिहिबार, साउन २९, २०७७
उपमेयर कबिता बिष्ट बाढीपिडितको घर पुग्दा……….

बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्ट बुधवार बडिमालिका नगरपालिका ४ बाढी पहिरो पिडित ओलेना गाँउमा पुगिन । दिउँसो गाँउ पुग्दा धनकला नाथ घरको ढोकामा मलिनो अनुहारमा बसेकी थिईन् । उनी घर अगाडी नदिले बगाइरहेको खेति तिर टोलाएर हेरीरहेकी थिईन् ।


उपमेयर बिष्टले आमा चिन्ता नलिनु हामी छौ, भन्दा धनकलाको अनुहारबाट बोलिनै फुटेन् । आशु झार्दै भनिन, जग्गा सबै बगाइसक्यो, घर पनि पुरै चिरा चिरा भएको छ, अब कसरी बाच्ने उपमेयर सँग धनकलाले भनिन् । सबै परिवार पालमा बसिरहेका छौ, अहिले त घर जग्गाको माया लागेर आएको बताईन् । उपमेयर बिष्टले पनि उनलाई शान्तना दिनु भन्दा बाहेक केही गर्न सक्ने अबस्था थिएन् ।


बिष्टले ति आमालाई सम्झाउदै भनिन्, सक्ने जति हामी सहयोग गर्छौ, तत्काल केही राहतको ब्यबस्थापन गरेका छौ, फेरी पनि सहयोग गर्ने वताईन् । उपमेयर बिष्ट त्यहाँ पुग्दा धनकला नाथ मात्र नभइ सबैको अबस्था उस्तै थियो । बडिमालिका नगरपालिका निमित्त प्रशासकिय अधिकृत रङ्गमल बिक, वडा अध्यक्ष सुरेन्द्र नाथ पनि पुगेका थिए । वडा अध्यक्ष सुरेन्द्र नाथ त सोमवार देखी त्यहि गाँउमा उद्धार र राहतको ब्यबस्थापनमा लागेका छन् ।


उपमेयर सहित बाढीपिडित नगरपालिकाको टिम पुग्दा गाउमा रहेका सबै परिवार पालमा बसिरहेका थिए । त्रासपुर्ण वातावरण थिए, भएको जग्गा बुढिगंगा नदिले बगाइसकेको छ, घर पनि जोखिममा रहेका छन्, अब त ज्यान जोगान पनि समस्या भएको स्थानिय नरेन्द्र नाथले वताएका छन् ।
ओलेना गाँउ चारै तिर पहिरोको जोखिममा रहेको छ । तलबाट बुढिगंगा नदिले कटान गरेको छ भने, दाँया र बाँया तिर पुरै पहिरोले गाँउनै उच्च जोखिममा राखेको छ । गाँउ नजिकै रहेको बेलिबिज्र र झोलुङ्ग पुल नदिले बगाइसकेको छ । आेलेना गाँउका १२ परिवारका ८७ जना पुर्ण रुपमा बिस्थापित भएका छन् । घर छोडेर सडक र खालि ठाँउमा पाल टाँगेर बसेका छन् ।
घटना स्थलमा पुगेकी उपप्रमुख बिष्टले भनिन्, गाँउ पुरै जोखिममा रहेको छ । गाँउनै अर्को ठाँउमा स्तान्तरण गर्नुपर्ने वताएकी छन् । बुढिगंगा नदिले सयौ परिवारको खेत जग्गा कटान गरेर बगाएको छ भने दर्जनौ घर बगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार