आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • अजयटोड्की गाँउमा उद्धारका लागि गएकाे टाेली नदि तर्न नसक्दा फिर्ता

अजयटोड्की गाँउमा उद्धारका लागि गएकाे टाेली नदि तर्न नसक्दा फिर्ता

प्रहरि र गाँउपालिकाकाे टाेलि साेमबार गाँउपालिका बाट हिडेकाे थियाे

  • मङ्लबार, साउन २७, २०७७
अजयटोड्की गाँउमा उद्धारका लागि गएकाे टाेली नदि तर्न नसक्दा फिर्ता

गौमुल गाँउपालिका २ अजयटोड्की गाँउमा उद्धारका लागि गएकाे प्रहरी र गाँउपालिकाकाे टाेलि फिर्ता भएकाे छ । बुढिगंगा नदिले झुलङ्गे पुल  बगाँउदा गाँउनै सम्पर्क बिहिन बनेकाे थियाे । झुलङ्गे पुल बगाएकाे छ, नदि तर्न सक्ने अबस्थानै छैन्, फिर्ता हुनु परेकाे गाँउपालिकाका उपाअध्यक्ष सिता थापाले वताएकि छन् ।

गाँउपालिकाकाे उपाअध्यक्ष सिता थापा, सइ बसन्त खाति सहित प्रहरि र गाँउपालिकाकाे टाेलि साेमबार नै गाँउपालिका बाट हिडेकाे थियाे । नदि तर्न नसक्दा टाेली फिर्ता भएकाे छ, हेलिकप्टर मार्फत उद्धार गर्नु बाहेक कुनै बिकल्प नरहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।

झुलङ्गे पुल बगाँउदा दुइ दिन गाँउ नै सम्पर्क बिहिन बनेको छ । त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले वताएको छ । त्यहाँ के कति क्षति भएकाे छ । जानकारी आउन नसकेकाे बुझीएकाे छ । पुल सँग बस्ति समेत जाेखिम र केही घर समेत बगाएकाे छ ।

झुलङ्गे पुल बगाँउदा न त्यहाँ काेही जान सकेकाे छ, न त्यहाँ बाट काेही आउन नसकेकाे स्थानिय राम बहादुर बुढाले वताएका छन् । अजयटोड्की गाँउका २० घरधुरीका ९७ जना रहेकाे छन्, हेलिकप्टरका लागि पहल भइरहेकाे छ चाडै उद्धार गर्ने पहलमा रहेकाे प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले वताएका छन् । दुइ दिन सम्म न प्रहरी पुग्न सकेका छन्, न काेही राज्य प्रति आक्राेस पाेख्दै स्थानियले भने खुला आकाश मुनी रात काटनु परेकाे वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख ट‌ंक प्रसाद भट्टराइले भने पुल बगाएकाे हुँदा प्रहरी घटना स्थल पुग्न नसकेकाे वताएका छन् । नदिमा पानिकाे बहाफ पनि बढिरहेकाे उनले वताए ।

अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आबश्यकता भएपनि राज्य बेखबर बनेकाे खाद्द अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले वताएका छन् । स्थानियलाइ खाध्यन्न लगायत राहतकाे आबश्यकता रहेकाे छ, तत्काल हेलिकप्टर बाट ब्यबस्थापन गरिनु पर्ने जैशीले वताएका छन् । गाँउपालिका अध्यक्ष हरि बहादुर राेकायाले भने गृह मन्त्रिलाइ नै भेटेका छाै, उद्धारका लागि पहल भइरहेकाे वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार