शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाढी पहिरो प्रभाबितलाई ब्यबस्थापनको लागि गृहमन्त्रीलाई ध्यानआर्कषण

बाढी पहिरो प्रभाबितलाई ब्यबस्थापनको लागि गृहमन्त्रीलाई ध्यानआर्कषण

  • मङ्लबार, साउन २७, २०७७
बाढी पहिरो प्रभाबितलाई ब्यबस्थापनको लागि गृहमन्त्रीलाई ध्यानआर्कषण

पदमबहादुर सिंह/ बाजुरा २७ साउन– लगातारको बर्षाका कारण बाजुरा जिल्लामा भएको क्षेति र बाढी पहिरोमाका कारण बिस्तापीत परिवारको ब्यबस्थापन र राहतको लागि नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादललाई ध्यानआर्कषण गराएको छ ।
मंगरबार बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको नेतृत्तोमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्ब उद्योग मन्त्री कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, नेपाली काँग्रेसका नेता पूर्ब माननीय ब्रदी पाण्डे, पूर्ब भूमीसुधार सहायक राज्य मन्त्री जनकराज गिरि, पूर्ब माननीय हिक्मत शाही, नेपाल कम्यूनिष्ट पार्टी बाजुराका अध्यक्ष कालीबहादुर शाही, नेपाली काँग्रेसका नेता पदम शाही, गौमुल गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, नेकपा जिल्ला कमिटी सदस्य शेरबहादुर शाही लगाएतका अन्य नेताहरुले ध्यानआर्कषण गराएको माननीय लालबहादुर थापाका स्वाकीय सचिब सुरेश रोकायाले जानकारी दिएका छन् ।


लगातरको बर्षाका कारण असार दोस्रो साता देखी पटक पटक गरी बाजुरा जिल्लाको बिभिन्न ठाउमा बाढी पहिरो गएर बिस्तापित परिवारको ब्यबस्थापनको लागि र साफे मार्तडी सडक छेद बिछेद भएकोले तत्काल छिटो भन्दा छिटो सडक संचानलको लागि ध्यानआर्कषण गराएकको उनले बताए । साउन ४ गते बुढीगंगा नगरपालिका २ को ताँप्रीसेराको घट्टे खोलामा आएको बाढीले पक्की पुल बगाएको छ । भने २५ गते राती आएको बाढीले जडाङ्गाको बेलिब्रीज पुल लगाएत अन्य थुप्रै झोलुंगे पुल बगाएको छ ।
नेपाल सरकारका गृहमन्त्रीलाई नै भेटी छिटो भन्दा छिटो पहल गरिनु पर्ने बताएका छन् । बेलिब्रीज पुल लगाएत अन्य झोलुंगे पुल बगाएपछि बाजुरा जिल्ला सदरमुकाम अन्य स्थानिय तहबाट सम्पर्क बिच्छेद भएका छन् । झोलुंगे पुल बगाउदा पैदल यात्रा समेत पूर्ण रुपमा बन्द भएको छ । बाढी पहिरोले पुर्याएको क्षति र तत्काल जनतालाई उपलब्ध गराउन सकिने राहत बारे जानकारी गर्नुका साथै बुढीगंगा नदिमा दशै अगाडी नै बेलिब्रीज निर्माण गरि सडक सुचारु गर्ने बारे छलफल गरिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् ।


नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले बाजुरा लगाएत सुदुरपश्चिमका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोले क्षेति भएका जिल्लाहरुको डाटा संकलन कार्य भईरहेको र सबै जिल्लाहरुबाट रिर्पोट आईरहेकोले प्रशासन कार्यालयको रिपोटको आधारमा दैबीक बिपत सम्बन्धि राहातको लागि कार्यबिधि बनि सकेकोले गृहमन्त्री आफै राहात प्याकेज ल्याएर जाने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार