शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • झुलङ्गे पुल बगाँउदा गाैमुलकाे अजयटोड्की गाँउ सम्पर्क बिच्छेद

झुलङ्गे पुल बगाँउदा गाैमुलकाे अजयटोड्की गाँउ सम्पर्क बिच्छेद

  • सोमवार, साउन २६, २०७७
झुलङ्गे पुल बगाँउदा गाैमुलकाे अजयटोड्की गाँउ सम्पर्क बिच्छेद

गौमुल गाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुल बगाँउदा गाँउ नै सम्पर्क बिहिन बनेको अध्यक्ष रोकायाले वताएका छन् । त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले वताएको छ । त्यहाँ के कति क्षति भएकाे छ । जानकारी आउन नसकेकाे बुझीएकाे छ ।

बाजुरामा आइतवार रातिको अबिरल बर्षासँगै बुढिगंगा नदिमा आएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्र्पक टुटेको छ । बुढिगंगा नदिमा आएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुल गाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको छ । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।
बुढीगंगा नदिमा आएको बाढिले घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । दर्जनौ घर समेत बगाएको छ । बडिमालिका नगरपालिका २ घागरमा १८ घर, बडिमालिका ६ जडाङ्गामा ६ घर बगाएको छ । त्यस्तै गौमुल गाँउपालिका २ सिममा ८ घर बगाएको छ । गौमुल गाँउपालिका १ र २ मा रहेको अधिकांश बस्ति बिस्थापित भएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । बुढिगंगा नदिले धेरै पछि बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदिको बहाफ बढेको छ । आइतबार नदिको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा खेतियोग्य जमिन समेत बगाएको छ । अत्याधिक बर्षा भइरहेको र तटिय क्षेत्रमा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । बाजुरा जिल्ला देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्तीका नागरिकहरुलार्ई सचेत हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षेदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । सडक खण्डमा रहेका दुईवटा पुल बगाइसकेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । सदरमुकाम सम्मको सडक सञ्चालन हुने सम्भाबना टरेको छ ।

चर्चामा

सम्बन्धित समाचार