शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदिको बाढीले वडाअध्यक्ष महतकी आमा बेपत्ता

बुढिगंगा नदिको बाढीले वडाअध्यक्ष महतकी आमा बेपत्ता

  • सोमवार, साउन २६, २०७७
बुढिगंगा नदिको बाढीले वडाअध्यक्ष महतकी आमा बेपत्ता

बाजुरा — बाजुरा जिल्लामाआइतबार रातीदेखीको अबिरल बर्षासंगै बुढिगंगा नदिमा आएको बाढिले बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भएकी छन । सोमबार बिहान ३ बजेतिर बुढिगंगाको नदिले घर बगाउदा ६५ बर्षिया आमा अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले बडिमालिका खबरलाइ बताएका छन ।
उनको प्रहरी, छिमेकीहरुले खोजी गरीरहेको वडाअध्यक्ष महतले बताएका छन । बुढिगंगा नदिको तटिय क्षेत्र बडिमालिका नगरपालिका २ घागरको बस्तीनै बगाएकाेले स्थानीय कोही कसैको सम्पर्कमा नरहेको बताइएको छ । बस्तिनै बगाँउदा गाइ गाेरु र घरमा रहेकाे सम्पुर्ण सामान बगाएकाे घटनास्थल बाट वडा अध्यक्ष महतले वताएका छन् । बुढिगंगा नदिमा आएकाे बाढिले दर्जनौ बस्तीमा बाढि पसेर बगाएको छ भने घरपालुवा बस्तुहरु समेत बगाएको जानकारी आएको प्रहरीले जनाएकाे छ । बाढीले के कती क्षेति पुगेकाे छ बृस्तीत बिबरण भने आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार