शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा फलफुल राेपण वर्ष शुभारम्भ

बुढीगंगा नगरपालिकामा फलफुल राेपण वर्ष शुभारम्भ

  • बिहिबार, साउन २२, २०७७
बुढीगंगा नगरपालिकामा फलफुल राेपण वर्ष शुभारम्भ
बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाह नगरपालिकाकाे परिसरमा फलफुल राेपेर फलफुल राेपण वर्ष शुभारम्भ गर्दै ।

बुढीगंगा नगरपालिकामा फलफुल राेपण वर्ष शुभारम्भ गरेकाे छ । नगरपालिकाले नगरपालिकाकाे परिसर भित्र फलफुल राेपेर राेपण बर्ष शुरु  गरेकाे छ । नगरप्रमुख दिपक बिक्रम शाहले फलफुल राेपेर शुरुवात गरेकाे नगरपालिकाले जनाएकाे छ ।

कृषि ज्ञान केन्द्र बाजुराले आँप लिचि र अम्वा का १५ सय विरुवा नगरपालिकालाइ सहयाेग गरेपछि नगरपालिकाले फलफुल राेपण वर्ष शुभारम्भ गरेकाे हाे । कृषि ज्ञान केन्द्र वाजुराले याे आर्थिक बर्षलाइ फलफुल राेपण वर्षका रुपमा लिएकाे कृषि ज्ञान केन्द्र वाजुराका सुचना अधिकार मिन प्रसाद जैशीले बडीमालिका खबरलाइ बताएका छन् । कृषि ज्ञान केन्द्र वाजुराकाे समन्वयमा कृषि विकास निर्देशनालय दिपायल वाट वर्षे फलफूल आँप लिचि र अम्वा का १५ सय विरुवा ल्याएर व्यवसायीक रुपमा फलफूल रोप्न चाहने कृषकहरुलाई निःशुल्क रुपमा उक्त फलफूल विरुवा वितरण गर्न नगरपालिकालाइ हस्तान्तरण गरेकाे थियाे ।

बुढिगंगा नगरपालिकाले बिहीबारबाट सुरु गरेको फलफुल वर्ष रोपण कार्यक्रम नगरपालिकाको परिसरमा २५ वटा विरुवा फलफुल रोपण कार्य गरिएको नगरपालिका कृषि शाखा प्रमुख दीपक थापाले बताएका छन् । नगरपालिकाले किसानलाइ आँप अम्बा र लिचीका बोट राेपण गर्नका लागि कृ निशुल्क वितरण गरेको शाखा प्रमुख थापाले बताए । नगरपालिकाको छनोट परेका कृषकहरुलाई उक्त विरुवा वितरण गरिएको थापाको भनाई रहेको छ ।
फलफुल रोपण शुभारम्भ कार्यक्रममा नगर प्रमुख दीपक विक्रम शाह, वडाअध्यक्ष खडक अधिकारी, भरत थापा, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, कृषि शाखा प्रमुख दीपक थापा, स्वास्थ्य शाखा संयोजक दीपक शाह लगायत सहभागी थिए । कृषि ज्ञान केन्द्र वाजुराले याे आर्थिक बर्षलाइ  बाजुरामा फलफुल राेपण वर्षका रुपमा लिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार