शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि

  • बिहिबार, साउन २२, २०७७
प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि
फाईल तस्वीर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

बिहीबार मात्र स्वाब संकलन गरेर विध ल्याबमा परीक्षणका लागि दिइएका ५३ मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।

सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षको बाहिरी घेरामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको हो।’ प्रचण्डको सुरक्षामा खटिने ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अन्यको स्वाब संकलनको तयारी भइरहेको छ।

पछिल्ला दिनमा सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत पाँच जनामा कोरोना संक्रमण देखिएपछि कार्यालय नै सिल गरिएको छ। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित सबै कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा छन् ।

प्रहरी मुख्यालयकै ७३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। संक्रमित अधिकांश सवारीसाधनको प्राविधिक काम (एमटी) महाशाखा र सञ्चार निर्देशनालयमा कार्यरत कर्मचारी छन्।

कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ६८ जनामा संक्रमण देखिएको हो। उनका अनुसार ट्राफिकका पाँच र मुख्यालयका ७३ जना संक्रमितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रवक्ता कडायतका अनुसार हालसम्म देशभरका विभिन्न प्रहरी युनिटका दुई सय ५६ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक सय पाँच जना उपचारपछि काममा फर्किसकेका छन्।

कहाँ–कहाँ सिल ?

प्रहरी प्रधान कार्यालयअन्तर्गतका एमटी, सञ्चार निर्देशनालय, ट्राफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ।

सशस्त्रमा १ सय ३१ लाई संक्रमण

कोरोना भाइरसको संक्रमण सशस्त्र प्रहरीमा पनि देखिन थालेको छ। विभिन्न कार्यालयमा खटिएका १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र बाँकी सबै इलामका छन्। संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार