बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बलात्कार आरोपमा वडासचिव पक्राउ

बलात्कार आरोपमा वडासचिव पक्राउ

  • बिहिबार, साउन २२, २०७७
बलात्कार आरोपमा वडासचिव पक्राउ

टीकापुर : कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका हुन् । तीमहिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गरेकी छन् । एक महिलाकाले वडा सचिव चौधरी उपर जबर्जस्ती करणीको उजुरी दिएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जिल्लाप्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको छ । उनलाई जिल्ला चलान गरिएको जनाइएको छ । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले घटनाको बारेमा सामान्य जानकारी पाएको बताएकी छन् । ‘केहीबेरअघि मात्रै मैले पनि थाहा पाएँ । जिल्ला प्रहरीमा उजुरी दिएको भन्ने सुन्नमा आएको छ’ उनले भनिन्–‘घटनाका बारेमा विस्तृत जानकारी छैन, बुझ्दैछौं ।’

घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयास भएको स्थानीयले बताएका छन् । घटना मिलाउने कार्यमाज नप्रतिनिधि नै संलग्न रहेको स्रोतको दावी छ । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।

चर्चामा

सम्बन्धित समाचार