बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सात महिनामा आमाले छोड्यो, चार बर्षमा बुवालाई छोड्यो

सात महिनामा आमाले छोड्यो, चार बर्षमा बुवालाई छोड्यो

  • बुधबार, साउन २१, २०७७
सात महिनामा आमाले छोड्यो, चार बर्षमा बुवालाई छोड्यो

चक्र बहादुर अएडी– जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउको कहालि लाग्दो घटना हो । जुन दुध खाने समयमा स्वर्गिय गिता विस्टलाई आमा ले सात महिनाको छँदा यो संसारलाई छोड्यो तर के गर्ने दैव को लिला त्यहि टुहुरी छोरी गिता विस्टले हिजो अभागि बुवा र दुई दिदिलाई चार बर्षको कलिलो उमेरमा सदाको लागी छोडेर गईन ।

तिन चार दिन अगाढी एक्कासी वेहोस भएपछि होसै नआएर आफ्रना बुवाको र दिदिको मुख हेर्न नपाएर विहान ३ बजे असमाहिक निदनले गाउँनैे शोक मग्न बन्यो । उपचारको लागि त तिन चार ओटा अस्पताल धायर पनि कुनै किसिमको डक्टर बाट आसा लाग्दा कुरा सुन्न नपाई उनको मृत्यु भयो । बुवा गाउँमा रहेको मस्टा देवताको धामि र घरको सम्पुर्ण घरयासि काम गर्न नमिल्ने भएकाले त्यहि तीन छोरीहरुलाई पालि बसेका बुवा, उनकि प्यारि छोरी उनी नै थिईन ।

गाउँमा अरुको घरमा काम गरेर र आएका साना तिना योजना मा काम गरेर छोरीहरुको लालन पालन गरिरहेका थिए । टुहुरी त उनकी तिन छोरी मात्र थिईनन्की उनका आठ छोरा छोरी टुहुरा भएका छन । गाउँमा रहेको मष्टाका धामिसमेत रहेका रंग बहादुर बिस्ट ले तिन ओटा विवाह गरे तिनै श्रीमति सबैको असमाहिक निदन भएका थिए । ढुङगाको मन बनाएर बसेका विस्टका तिनै श्रीमति बाट आठ ओटा सन्तान पनि सानै छदा टुहुरा भएका थिए ।

अरु छोरी हरु आफ्रनो मामाघरमा बसिरहेका छन भने एक छोरा थियो र उनले विबाहगरेर बुवा बाट अलगर भएर भारतमा मजदुरी गरिरहेका छन । सबै छोरा छोरीहरु सानैछदा टुहुरा भएका थिए । यसरि दुखै दुखमा जिन्दगी विताईरहेका धामि को बस्नको लागी त्यति राम्रो व्यवस्था नभएर गाउँ भन्दा अलग रहेको छाना मा बसिरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार