बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • पहिरोमा परी मृत्यु भएका पाध्यायकाे परिवारलाई नेपाली काँग्रेस बाजुराकाे नगद सहयाेग

पहिरोमा परी मृत्यु भएका पाध्यायकाे परिवारलाई नेपाली काँग्रेस बाजुराकाे नगद सहयाेग

  • सोमवार, साउन १९, २०७७
पहिरोमा परी मृत्यु भएका पाध्यायकाे परिवारलाई नेपाली काँग्रेस बाजुराकाे नगद सहयाेग

बाजुरा–  बुढीगंगा नगरपालिकामा पर्ने अम्काेटमा पहिराेमा परि मृत्यु भएका धर्मराज पाध्यायकाे परिवारलाई नेपाली काँग्रेस बाजुराले नगद सहयाेग गरेकाे छ । बाजुराकै यातायात विकासमा बाधा पुर्याउने बुढीगंगा नगरपालिका वडा नं १ अम्काेटमा निरन्तर रूपमा पहिराे बगिरहेकाे छ । अम्काेटकै स्थानिय धर्मराज पाध्याय बाख्रा चराउन मेलामा गएका बेला उनी पहिराेसंगै बेपत्ता भएका थिए । प्रहरीकाे सक्रियतामा तीन दिनपछि उनकाे शव फेला परेकाे थियाे ।

शाेक पुत्र शाेक र प्राकृतिक विपत्ति दुवैकाे सामना गरिरहेका पाध्यायकाे परिवारलाई नेपाली काँग्रेस बाजुराले घरमै पुगेर नगद रू ११ हजार ६ सय ५ रूपैयाँ सहयाेग गरेकाे नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले बताए । समस्यामा परेका बेला मृतककाे दाहसंस्कार खर्चमा केही राहात हाेस् भनेर नेपाली काँग्रेसका पदाधिकारीबाट रकम संकलन गरि हस्तान्तरणा गरेकाे पार्टी सभापति कविराज पण्डितले बताए । सहयाेग रकम पार्टी सभापति कविराज पण्डितले हस्तान्तरण गरेका थिए भने कार्यक्रममा वडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, पार्टीका सल्लाहकार देवबहादुर राेकाया, महिलासंघका अध्यक्ष अमृता सिंह, नेविसंघ उपाध्यक्ष जनक थापा, काँग्रेस पार्टी कार्यालय सचिव टेक बहादुर राेकाया लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार