शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • योजना आयो, पानी आएन 

योजना आयो, पानी आएन 

  • सोमवार, साउन १९, २०७७
योजना आयो, पानी आएन 

 राजेन्द्र बहादुर रोकाया —  जिल्लाको गौमुल गाउपालिका २ मल्लोदुगनको कुहुडामा बिगत ५ बर्षदेखी खानेपानीको अभाव भईरहेका बेला गत बर्ष खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराबाट उक्त ठाँउमा खानेपानी निर्माणको लागी योजना बिनियोजन गरीएको थियो । उक्त योजना असारमा मुहान देखी धारा निर्माण सम्मको कार्य सम्पन्न गरीयो ।

योजना सम्मपन्न भएको एक महिना बितिसक्दा पनी धारामा पानी नआएको स्थानीय बुदे रोकायाले बताउनुभयो । स्थानीय रोकायाका अनुसार योजना त आयो तर योजना आएपनी पहिले जस्तै अहिले पनी टाढैबाट पानी बोकेर खानु परेको बताउनुभएको छ । आफ्नो घर नजिकै धारो छ तर अहिले सम्म पानी आएको छैन साउनको महिनानमा धारोमा पानी नआए कहिले आउछ अर्का स्थानीय बिरबहादुर रोकायाले दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो अहिले बर्खाको समय हुदाँ त धारामा पानी आउदैन हिउदमा कताबाट आउला योजना आएपनी राम्रो काम नहुदाँ हामी सधै दुखमै जिन्दगी बिताउनु परेको छ । अहिले बर्खा हो पानीको त्यती समस्या नभएपनी हिउँदमा ४÷५ घण्टाको पदैल हिडेर खोलाको पानी बोकेर खानु बाहेक अरु बिकल्प नभएको स्थानीहरुको गुनासो रहेको छ ।

यता उक्त खानीपानी निर्माण समितीका सचिब सन्तोष बोहराले यसबारे बुझ्न खोज्दा कती लाखको योजना हो त्यो समेत आफुलाई जानकारी नभएको बताएका छन् । उहाँले भन्नुभयो मलाई कुनै जानकारी छैन जानकारी लिने भए जनताहरु संग गएर सोध्नु भन्दै जिम्मेवार पदको म¥यादा भन्दा फरक अभिब्यक्ति दिएका छन् ।

धेरै पछी योजना आयो तर धारामा पानी नआएकोमा स्थानीहरु दुखी भएका छन् । यता वडा अध्यक्षलाई उक्त योजनाको बारेमा जानकारी लिन खोज्दा अध्यक्ष चक्रबहादुर बोहराका अनुसार उक्त खानेपानी धारामा नआउनु उपभोक्ता समितीको नै गलत देखीएको बताउनुभयो । उहाँले जुनसुकै योजना बनाउदा पनी स्टमेट हुनपर्ने तर उक्त योजनामा बिना स्टमेटमा काम गराउदा धारामा पानी नआएको हुन सक्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार