शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

  • सोमवार, साउन १९, २०७७
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो ।

प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेका छन् । प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मी समेत २१ जनाको ज्यान गएको बताएका छन् ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ । अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताएका छन् । –एएफपी

चर्चामा

सम्बन्धित समाचार