बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भिर बाट लडेर एकजना किशोरी गम्भिर घाइते, उद्धारका लागि हेलिकप्टरको पहल

भिर बाट लडेर एकजना किशोरी गम्भिर घाइते, उद्धारका लागि हेलिकप्टरको पहल

  • सोमवार, साउन १९, २०७७
भिर बाट लडेर एकजना किशोरी गम्भिर घाइते, उद्धारका लागि हेलिकप्टरको पहल

बाजुराकाे त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने १६ बर्षिय अमृता बुढा भिर बाट लडेर गम्भिर घाइते भएकि छन् । सोमवार बिहान गाँउ नजिकै बिहान ७ बजे लडेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
घाइते अमृतको कम्मरमा चोट लागेको उनको कम्मर तलको भाग नचल्ने गरेको स्थानिय स्वास्थ्यकर्मीले वताएका छन् । अमृताको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । अमृतालाइ उपचारका लागि नेपालगञ्ज लिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
हेलिकप्टरका लागि गृहमन्त्रालय पत्रचार गरिसकेको छ, गृहमन्त्रालयले पनि नेपाली सेनालाई पत्रचार गरिसकेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् । चाडै उनको उद्धार हुने भण्डारीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार