बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको गौमुल गाउँपालिकाबाट नगद रूपैँया सहित ११ जना जुवाडे पक्राउ

बाजुराको गौमुल गाउँपालिकाबाट नगद रूपैँया सहित ११ जना जुवाडे पक्राउ

  • सोमवार, साउन १९, २०७७
बाजुराको गौमुल गाउँपालिकाबाट नगद रूपैँया सहित ११ जना जुवाडे पक्राउ
फाइल तस्बिर

बाजुरा —  बाजुरा जिल्लाको गौमुल गाउँपालिकाबाट ११ जना जुवाडे प्रकाउ परेका छन । जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीका अधारमा गस्तीमा गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए ।
जुवाडे पक्राउ संगै करीव ५१ हजार रुपैया समेत बरामत गरेको प्रहरी निरीक्षक रोकायाले बताएका छन । गौमुलमा समातेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन । पछिल्लो समय लकडाउनका कारण जिल्लामा धेरै जुवा खेल्नेहरु पक्राउ गरिसकेको रोकायाले बताएका छन । करिव दुइ हप्ता अगाडी मात्र सदरमुकाम मार्तडी र नजिकै रहेको बाउली बजारबाट गरी १३ जना भन्दा बढि जुवाडे पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार