शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका बडिमालिका बुढिनन्दा, कालाजग्रा लगायतका धाममा भोली पुजा

बाजुराका बडिमालिका बुढिनन्दा, कालाजग्रा लगायतका धाममा भोली पुजा

  • शनिबार, साउन १७, २०७७
बाजुराका बडिमालिका बुढिनन्दा, कालाजग्रा लगायतका धाममा भोली पुजा

बाजुरा — बाजुरा जिल्लाका ठुला धामहरु बडिमालिका, बुढिनन्दा, कालाजग्रा लगायतका धामहरुमा भोली अर्थात चतुर्दसीको दिन एकै दिन पुजा लाग्ने भएको छ । बाजुरा जिल्लाका मुख्य धरोरह रहेका बडीमालिका बुढीनन्दा कालाजग्रा लगायतका क्षेत्रमा साउन पुणर्िमा को अबसरमा मेला लाग्ने र भगवतीको पुजा गर्ने गर्दछन ।
धार्मीक तथा रमणीय क्षेत्र पनी रहेको सो क्षेत्रमा आज भन्दा तिन दिन अगाडी नै श्रदालु भक्तजनहरु जाने गर्दछन भने कालाजग्रा र बडालेक भने आज मात्रै तिर्थयात्री जाने गर्दछन । सबै ठाउँमा एकै पटक पुजा लाग्ने गर्दछ । बडिमालीका जानेहरूकाे बास त्रिबेणी र बुढिनन्दाका तिर्थयात्रीकाे बास धाैलीभ्रणमा  हुने गर्दछ । भाेली बिहानै बुढिनन्दा माइकाे पुजा र यता बडिमालीकामा एकै साथ पुजा सुरू हुने त्यहाका पुजारी तथा ब्यबस्थापन समितीहरूले जनाएका छन । बडीमालिका नगरपालिका वडा न ७ मा रहेकाे  कालाजग्रामा पनी पुजाका लागी सम्पुर्ण तयारी भइसकेकाे कालाजग्रा मुला पुजा समाराेह समितिले जनाएकाे छ । श्रदालुु भक्तजन र पुजारीहरूकाे केही टिम अाजै हिडीसकेकाे र केही भाेली बिहानै गएर पुजामा समाबेश हुने कालाजग्रा पर्यटन प्रबद्धन तथा सम्ब्रदन समितिका अध्यक्ष लाेकेन्द्र राेकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार