बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • धर्मराजको सरकारी जागीर खाने सपना अम्कोटको पहिरोले लियो

धर्मराजको सरकारी जागीर खाने सपना अम्कोटको पहिरोले लियो

  • शनिबार, साउन १७, २०७७
धर्मराजको सरकारी जागीर खाने सपना अम्कोटको पहिरोले लियो

बुढिगंगा नगरपालिका १ अम्कोट बस्ने २१ बर्षका धर्मराज पाध्याय लोकसेवा आयोगको तयारी गर्न भनेर गत मंसिरमा काठमाडौ गए । कक्षा १२ पास भएका धर्मराज काठमाडौमा लोकसेवाको तयारी गर्ने र उच्च शिक्षा अध्यन गर्नका लागि मंसिरमा पहिलो पटक काठमाडौ गएको थिए ।
कोरोना भाइरसले संकट निम्त्याएपछि लकडाउन शुरु भयो । लकडाउनको केही समय काठमाडौ नै बसे । लकडाउन नखोल्ने अबस्था भएपछि उनि पछि घर फर्किए । प्राय घर बाट टाढा नजाने धर्मराजको पढाइतिर मात्र ध्यान थियो उसका अंकल यज्ञराज पाध्यायले वताए । घर बाट निस्केपनि उनि गाँउमा सामाजिक काममा ब्यस्त हुन्थे, सबै सँग मिलनसार भावना रहेका उनि सहयोगि भावनाका रहेको यज्ञराज बताँउछन् ।
बुधवारको दिनमा उनि घर बाट निस्केको घरपरिवारलाई कुनै जानकारी थिएन् । बाख्रा चराउने अन्य दुई जना साथि सँगै उनि साँफे मार्तडी सडकको अम्कोट तिर गए । उनिहरु बसिरहेको ठाँउ नै पहिरोले भाँसेर लग्यो, करिब २ सय मिटर तल पुगेपछि धर्मराजलाई पहिरोमा बेपत्ता बनायो । उनि सँगैका २ जना साथि भने पहिरो सँगै तल बुढिगंगाको नदि किनारमा पुगेर बाच्न सँफल भए ।
धर्म सँगै बाँचेका हरेन्द्र पाध्याय भन्छन्, हामी बसिरहेका थियौ, एकएका पहिरो आयो, तिनै जना तल लगेर गयो । धर्म पनि दौडिरहेको थियो, उ बाँच्न सकेन पहिराले च्यापेको हरेन्द्रले वताए । धर्मराजका लाश शुक्रवार पाएर उनको दासस्कार गरिसकेको छ । अम्कोटको पहिरोले धर्मराजको सरकारी जाखिर खाने सपना समेत अन्त भएको छ ।
कक्षा ८ देखी कक्षा १२ सम्म भानुदय उच्च माबिमा पशु जेटिए पढेका धर्मराजको पहिलो योजना सरकारी जागिरमा प्रबेश गर्ने रहेको उनका बुवा भानुभक्त पाध्यायले वताउँछन । धर्मराज पाध्यायकी आमा मनकला पाध्यायको २०६१ सालमा चटयाङ्ग लागेर मृत्यु भएको थियो । आमा पनि यस्तै बिपत्तीमा गुमाएका धर्मराज पनि अकालमै ज्यान गुमाए ।
भानुभक्त भन्छन्, छोरा भन्थ्यो मेरो सरकारी जागिर खाएर समाजसेवा गर्ने इच्छा छ भन्थे, के गर्ने भाग्यको खेल यस्तै हो सबै उसको सपना पहिराले लिएको बताए । धर्मराज बुधवार दिउसो ३ बजे पहिरोमा परि बेपत्ता भएका थीए, उनको लाश शुक्रवार फेला पारेको थियो । उनि सँग बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी १७ बर्षका ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार