बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन

जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन

  • शनिबार, साउन १७, २०७७
जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन

जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि सञ्चालनमा ल्याएको छ । पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।गाउँ कार्यपालिकाले साउन १५ देखि नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन १५ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो । सामाजिक दुरी कायम गरी पठन पाठन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् ।

आइसोलेशन र क्वारेन्टाइन बनाईएका विद्यालयलाई सेनिटाइज पछि र विद्यार्थी, शिक्षक अभिभावक तथा सरोकारवाला निकायसँगको सहकार्यपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन् । साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् । जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमति भेटिएका थिए । जोखिम पनि कम रहेको र विद्यालय सञ्चालन गर्न पनि आवश्यक देखिएकोले पढाइ नै सञ्चालन गर्ने गरी विद्यालय खुलाएको गाउँपालिकाले बताएको छ ।

सरकारले भदौ १ गतेपछि मात्र भर्ना लिन निर्देशन जारी गरेको छ । तर बाजुराका स्थानिय तहले भने पठन पाठन शुरु गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार