शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्पको निर्वाचन सार्ने सुझावको उनकै पार्टीका वरिष्ठ नेताले गरे विरोध

ट्रम्पको निर्वाचन सार्ने सुझावको उनकै पार्टीका वरिष्ठ नेताले गरे विरोध

  • शुक्रबार, साउन १६, २०७७
ट्रम्पको निर्वाचन सार्ने सुझावको उनकै पार्टीका वरिष्ठ नेताले गरे विरोध

नोभेम्बरमा हुने चुनाव सार्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझाव उनकै रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्।

ट्रम्पले आसन्न चुनावमा धाँधली हुनसक्ने भएकाले सार्नुपर्ने बताएपछि उनीहरूको यस्तो प्रतिक्रिया आएको समाचार बिबिसीले प्रकाशित गरेको छ।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्

अमेरिकामा चुनाव सार्न कङ्ग्रेसले अनुमति दिनुपर्छ। चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। मककोनेल र मकार्थीसँगै ट्रम्पका साझेदार समेत रहेका सिनेटर लिन्ड्से ग्राहमले चुनावमा सार्ने प्रस्ताव ठीक नभएको बताएका छन्।

यसैगरी पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्पको प्रस्तावको विरोध गरेका छन्। उनले यसलाई अमेरिकी लोकतन्त्रमाथिको आक्रमण भएको प्रतिक्रिया दिएका छन्।

ट्रम्पले चुनावमा ढिलाइ गर्न सुझाव दिएको केही घण्टापछि ओबामाको अभिव्यक्ति सार्वजनिक भएको हो।  राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउनसक्ने बताउँदै निर्वाचन सार्ने चाहाना व्यक्त गरेका हुन्।

‘म त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहँदिनँ। यदि यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ’, ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने।

ट्रम्प लामो समयदेखि हुलाकमार्फत् गरिने मतदानको विपक्षमा उभिँदै आएका छन्।

ट्रम्पले हुलाकमार्फत हुने निर्वाचनको विरोध गरेपनि कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै अमेरिकी राज्यहरू हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन्।

चर्चामा

सम्बन्धित समाचार