शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अम्कोटको पहिरोमा बेपत्ता भएका धर्मराजकाे लाश भेटियाे

अम्कोटको पहिरोमा बेपत्ता भएका धर्मराजकाे लाश भेटियाे

  • शुक्रबार, साउन १६, २०७७
अम्कोटको पहिरोमा बेपत्ता भएका धर्मराजकाे लाश भेटियाे

बाजुराकाे बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा पहिरोमा परी  बेपत्ता भएका २१ बर्षका धर्मराज पाध्यायकाे लाश भेटिएकाे छ । घटना स्थलमा ढुंगा च्यापिएकाे अबस्था भेटिएकाे जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएकाे छ ।  लाश च्यापिएकाे ठाँउ बाट निकालिसकेकाे जनाइएकाे छ ।

धर्मराज बुधवार दिउसाे ३ बजे पहिराे परि बेपत्ता भएका थीए । बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका थिए । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका छन ।  प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार