शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

  • बिहिबार, साउन १५, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ। गत २४ घन्टामा मात्र २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १ र उदयपुरका २ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३, सर्लाहीका १ र मोरङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १४, नवलपरासीका १ र महोत्तरीका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नारायणी अस्पताल वीरगञ्जमा बाराका ६ र पर्साका ४७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका ५ र काठमाडौंका १९ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाराका ५, गोरखा, महोत्तरी, सर्लाही, दोलखा र चितवनका १÷१, काठमाडौंका १३, रौतहटका २, सप्तरीका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा नवलपरासी पूर्वका ४, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा अर्घाखँची र कपिलवस्तुका १÷१ र प्युठानका २ जनामा कोरोना पाइएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा बाराका १, दाङका १, धादिङका ४, काठमाडौंका ४, खोटाङका १, नुवाकोटका २, पर्सा १, सर्लाहीका २ र स्याङजाका १, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका ३ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयका अनुसारका स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौं र ललितपुरका २÷२, महोत्तरी र पर्साका १÷१ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङका १ र कास्कीका १२ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा बागलुङका ६, कास्की र लमजुङका २÷२, तनहुँका ३, स्याङजाका ११ र नवलपरासी पूर्वका १ जनामा कोरोना भेटिएको छ।

भेरी अस्पताल नेपालगञ्जमा नवलपरासी पूर्वका १, बाँकेका २०, बर्दियाका ८, दाङका २, कञ्चनपुर, प्युठान र सर्लाहीका १÷१, सुर्खेतका २, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।

सुर्खेत प्रादेशिक अस्पताल पशुपछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका मुगुका १, सल्यानका ३ र सर्खुेत ७, दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका १०, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाल रुकुम पश्चिममा जाजरकोटका १ जनामा कोरोना भेटिएको मन्त्रायलले जनाएको छ।

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल पशुपछी रोग अन्वेषण प्रयोगशाला धनगढीमा दार्चुलाका १, कैलालीका ५ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये ५ हजार २ सय ४७ जना सक्रिय संक्रमित छन्। मुलुकभर हाल १३ हजार २ सय १ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार