
बिगतकै घटनाले कथाकार बनायो,
अध्यायनले लेख्ने औजार बनायो।
कलमले कापीमा ता थोरै लेखे हुँम,
हृदय भित्र बिशाल उपहार बनायो।
थ्यो आधा दिमाख कामकै उपहार,
त्यसले पनि लेख्ने आधार बनायो।
पाईलै पछि घटना बाट लिएँ शिक्षा,
मष्तिक भित्र रचनाको घार बनायो।
कयौँले लाईक कमेट गर्दैनन जलेर,
थाहाछ उनलाई नाङ्गे झार बनायो।
आउ अहिले सम्मकै गलति देखाउ,
निच्यल जिवन नै हथियार बनायो।
निडर बिचार र निस्वार्थ भावना ले,
आफु लाई सदै मिलन सार बनायो।
सुरेशकुमार पान्डे।


