शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • रेडक्रस बाजुरा शाखाको ब्लोड बैंक कागजमा सञ्चालन

रेडक्रस बाजुरा शाखाको ब्लोड बैंक कागजमा सञ्चालन

  • बुधबार, साउन १४, २०७७
रेडक्रस बाजुरा शाखाको ब्लोड बैंक कागजमा सञ्चालन

बाजुरा जिल्लामा नेपाल रेडक्रस सोसाइटी शाखाले कागजमा मात्र ब्लोड बैंक सञ्चालन ल्याएको पाईएको छ । २०७४ सालमा बाजुरामा ब्लोड बैंक स्थापना भएको केन्द्र देखी सबै ठाँउमा कागजपत्र पेश गरेको पाईएको छ, तर बाजुरामा भने ब्लोड बैंक अहिले सम्म पनि सञ्चालन नभएको छ ।
२०७३ सालमा ब्लोड बैंक स्थापनाका लागि तत्कालिन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो । पुरानो फ्रिज खरिद गरेर ब्लोड बैंक सञ्चालन भएको जनाएको थियो । त्यो बेला रेडक्रस शाखाको समितिमा रहेका एकजना भन्छन्, तत्कालिन रेडक्रस सभापतिले बिग्रेको फ्रिज खरिद गरेर ल्याएको थियो, ब्लोड बैंकको उद्धघाटन त गरयौ, तर फ्रिज नै नचलेको उनले वताएका छन् ।
ब्लोड बैंक सञ्चानमा नआएपनि कागजमा भने ब्लोड बैंक स्थापना भएको देखिन्छ । ब्लोड बैंक संचालनमा नआएपछि फेरी प्रदेश सरकारले २०७६ मा फ्रिज नेपाल रेडक्रस सोसाईटि बाजुरा शाखालाई दिएको छ । त्यो सँगै सांसद विकास कोष बाट ब्लोड बैंक स्थापना भन्दै १० लाख र स्वास्थ्य कार्यलय बाजुराले ३ लाख बिनियोजन गरेको भएपनि अहिले सम्म सञ्चालनमा आउन सकेको छैन् ।
नेपाल रेडक्रस सोसाईटि बाजुरा शाखा मन्त्रि दिपक शाहले भने ५ लाख बराबरको घर मर्मत गरेको हो, बाँकिको सामान खरिद गरिसेकेको ढुवानी गर्न समस्या भएको बताए । असार भन्दा पहिला नै ब्लोड बैंक सञ्चालन गर्नका लागि आबश्यक सामान खरिद गरेर संचालन गर्नुपर्ने हो केही ढिला भएको शाहले थपे । अब सडक अबरोध छ, सामान ढुवानी गर्न समस्या भएको छ दशै सम्म ब्लोड बैंक संचालन हुने वताएका छन् ।
अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । जिल्ला अस्पतालमा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार