बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भारतले कालापानी–लिम्पियाधुरा, गुञ्जीमा नेपालीको प्रवेश रोक्न पत्रचार

भारतले कालापानी–लिम्पियाधुरा, गुञ्जीमा नेपालीको प्रवेश रोक्न पत्रचार

  • सोमवार, साउन १२, २०७७
भारतले कालापानी–लिम्पियाधुरा, गुञ्जीमा नेपालीको प्रवेश रोक्न पत्रचार

भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेकल र गुञ्जीलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको छ । भारतको धारचुला उप–जिल्ला अधिकारी अनिल कुमार शुक्लले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै भारतीय क्षेत्र कालापानी, लिम्पियाधुरा र गुञ्जी क्षेत्रमा नेपाली प्रवेश रोक लगाउन पत्रचार गरेको हो ।
उप जिल्ला अधिकारी शुक्लले गत असार ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई इमेल पठाउँदै यो क्षेत्रमा अवैध रुपमा सीमा पार गर्दै नेपाली आउने गरेको सूचना आएको उल्लेख गरिएको छ । यो क्षेत्रमा हुने चोरी छिपी हुने सीमा पार गरेर भूमिमा छिर्ने गतिविधीले दुवै क्षेत्रको प्रशासनलाई समस्या हुने भन्दै यस्ता गतिविधि रोक्न तथा सूचना दिन आग्रह गरिएको छ ।
नेपालले यो क्षेत्र आफ्नो रहेको भन्दै नक्सा जारि गरिसकेको अवस्थामा भारतले आफ्नै भूमि रहेको दाबी गर्दै पत्र पठाएको छ । पत्रमा भनिएको ‘बिभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्,’ ‘यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेले भने आइतवार पत्र पठाएको र फोन मार्फत पनि भारतीयले पत्रचार गरेकै कुरा गरेको वताएका छन् । तर स्थानिय लाई सोधपुछ गर्दा पनि कसैले नरोकेको प्रजिअले वताएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल र जिल्ला प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्ट व्यासको छांगरु गएको बेला भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलाई पत्रचार गरेको पाइएको हो । ब्यासको छाङरुस्थित गागामा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएयता भारतले कालापानी क्षेत्रमा आवत जावतमा कडाई गरेको छ । सशस्त्र प्रहरीको बीओपी स्थापना भएपछि सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोली पहिलो पटक कालापानीतर्फ लागेको थियो । तर माथिल्लो कौवा भन्दा केही अगाडी बढेपछि उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।
कालापानी भन्दा तल आएर उनीहरुले ढुंगा थुपारेर घेरबार लगाएका छन् । उनीहरु पहिले बसेको भन्दा झन एक किलोमिटर तलै घेरबार लगाएर बसेको सुरक्षा स्रोत बताउँछ । यसअघि उनीहरुले कृत्रिम रुपमा खडा गरेको कालापानीको मुहान र मन्दिर भन्दा निक्कै तल ढुंगाको घरेबार लगाएर बसेका छन् । सशस्त्र प्रहरीको टोलीलाई भारतीय सुरक्षाकर्मीले रोकेपछि त्यो भन्दा सशस्त्रको टोली अघि बढ्न सकेको थिएन् ।
ब्यासको छाङरुबाट झण्डै १४ किमी टाढा कालापानी रहेको छ । सरकारले त्रिदेशीय सीमा क्षेत्रको सुरक्षा अवस्था मजबुत बनाउदैं लगिरहेको बेला भारतले पुन पनि त्यो भूमि आफ्नै भएको भन्दै पत्रचार गरेको हो । सरकारले यहि असार २९ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको छ भने कौवा र तिंकर क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राख्ने भएको छ । सीमा क्षेत्रमा पछिल्लो समय नेपाल सरकारको उपस्थिति बढ्दै गएपछि भारतीयमा त्रास पैदा भएको हो ।
यस्तै नेपाली सेनाले अहिले व्यासकै घाटिबगरमा क्याम्प खडा गरेर छांगरु जाने घोरेटोबाटो निर्माण गरिरहेको छ । सेनाले बाटो निर्माणपछि दार्चुला तिंकर सडक निर्माणको काम पनि सँगै अघि बढाउँदै छ । व्यासको छांगरुमै नेपाली सेना राख्नसमेत गृहकार्य भइरहेको छ । पछिल्लो समय नेपाली सुरक्षाकर्मीको उपस्थिती र हेलिकप्टरमार्फत व्यासको क्षेत्रको निरीक्षणको क्रम बढ्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार