शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

  • सोमवार, साउन १२, २०७७
अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

सिन्ह्वा – अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार