बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाका ७ जना वडाअध्यक्षद्धारा बैठक बहिस्कार

त्रिबेणी नगरपालिकाका ७ जना वडाअध्यक्षद्धारा बैठक बहिस्कार

  • सोमवार, साउन १२, २०७७
त्रिबेणी नगरपालिकाका ७ जना  वडाअध्यक्षद्धारा बैठक बहिस्कार

चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना वडा अध्यक्षले नगरपालिकाको बैठक बहिस्कार गरेका छन । नगरप्रमुखले एकलौटी निणर्य गरेको भन्दै वडाअध्यक्षहरुले बहिस्कार गरेको नगरपालिका प्रबक्ता एबं वडा न ७ का वडाअध्यक्ष प्रेम थापाले बताएका छन । नगरप्रमुखले नगरपालिकामा कुनै पनी काम वडाअध्यक्षको सहमती बिपरीत गरेको भन्दै वडा न ८ र ४ का वडा अध्यक्ष बाहेक सबै वडाअध्यक्षहरुले नगरपालिकाको आर्थिक बर्षको पहिलो बैठक बहिस्कार गरेको वडाअध्यक्ष थापाले बताएका छन ।
नगर प्रमुख देखी वडाअध्यक्ष सबै नेपाली काग्रेस सर्मथक भए पनी निति नियम नमान्ने मेयरको एकलकाट्य प्रबिधी भएको भन्दै बिरोध समेत गरेका छन । मेयर रामसिं रावलले भखर सम्पन्न नगरसभामा वडाबाट सिफारीस भएका कुनै पनी योजना र कामहरुलाई नसमेटेको र नगरप्रमुखले आफैले आफ्नै योजना बनाएर पास गरेका कारण बिरोध गरीरहेका छौ वडाअध्यक्ष हरुले बताएका छन ।
हरेक बैठकमा मेयरले आफ्नै जिद्धी गर्दै आएका भए पनी हामी चुप लाग्यौ तर यस्तै नियत हो भने प्रतिपक्ष भएर लाग्नुपर्ने देखीएको वडाअध्यक्षहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार