शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • मनोमानी गरेको भन्दै पशुपती माबीमा अभिभावकले लगाए ताला

मनोमानी गरेको भन्दै पशुपती माबीमा अभिभावकले लगाए ताला

  • आइतवार, साउन ११, २०७७
मनोमानी गरेको भन्दै पशुपती माबीमा अभिभावकले लगाए ताला

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको पशुपती उमाबिमा मनोमानी गरेको भन्दै अभिभावकहरुले तालाबन्दी गरेका छन । बिद्यालयमा अनियमित तरिकाले निणर्य गरेको भन्दै तालाबन्दी गरेको स्थानीय तिलक शाहले बताएका छन । स्थानीयको सल्लाह नमानेर प्रधानाध्यापक अर्कैलाइ दिने निणर्य गरेको भन्दै तालाबन्दी गरेको शाहको भनाई रहेको छ । बिद्यालयको प्रअमा बरिष्ठले पाउनु पर्ने भए पनी अर्कैलाई प्रअ बनाउने निणर्य गरेको भन्दै ताला बन्दी गरेको उनले बताए ।


निणर्य नै केही भएको छैन हालका प्रअ राम बहादुर रावलको सरुवा भएको भए पनी लेखाजोखा बुजाउने काम केही भएको छैन खाली राजनीतीक दृष्टीकोण बाट समाज भाण्ड खोजिएको शिक्षक तुला थापाले बताएका छन । बरिष्ठका आधारमा निप्रअ दिने सहमती भएको छ नियुक्ती कसैलाई दिएको छैन थापाले बताए । युबराज थापा र जन्म रौले दुबै जना बरिष्ठ भएकोले कसलाइ निमित्त दिने भन्ने बिषयमा केही नभएको र समाज भाण्नका लागि तालाबन्दी हो शिक्षक थापाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार