बुधबार, साउन २१, २०७७
  • होमपेज
  • समाज
  • बाजुरामा बुवाले बलत्कार गरेकी १४ बर्षिया छोरीको ६ महिनाको गर्भ

बाजुरामा बुवाले बलत्कार गरेकी १४ बर्षिया छोरीको ६ महिनाको गर्भ

  • आइतबार, साउन ११, २०७७
बाजुरामा बुवाले बलत्कार गरेकी १४ बर्षिया छोरीको ६ महिनाको गर्भ

बाजुराको बुढिगंगा नगरपालिकामा ६५ बर्षिय एक पुरुषले आफनै छोरीलाई बल्तकार गरेको खुलाशा भएको छ । आफ्नै १४ बर्षकि छोरीलाई बल्तकार गरेको खुल्न आएको हो ।

जब १४ बर्षिय छोरीको पेटमा बच्चा जन्मेको थाहा पाएपछि बुवा द्धारा बल्तकार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । कक्षा ६ पढदै गरेको उक्क्त वालिकाले महिनावारी हुन लागेको १ बर्ष भएको थियो । पिडित बालिकाले भनिन्, आमा गाईभैसी लिएर छानामा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला आफु माथि करणी गरेको वताईन् ।

आफुलाई समस्या रक्क्तस्राव भएपनि अरु कसैलाई भनेपछि आफुलाई मार्छु भनेपछि कसैलाई भन्न नसकेको ति वालिकाले वताईन् । १ हप्ता सम्म घर भन्दा बाहिर जान दिएन्, करणीको बेला पनि मुख छोपेको ति वालिका बताँउछीन् । बुवालाई आफुलाइ समस्या भएको बान्ता आएको भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको तिनले वताएकि छन् ।

१ हप्ता पहिला ति वालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेकी थिईन् । त्यहाँ स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । बल्तकार गर्ने ६५ बर्षिय पुरुषलाई जिल्ला प्रहरी कार्यलय बाजुराले प्रक्राउ गरी जबर्जस्ती करणी मुद्धा दर्ता गरि म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी निरिक्षक तथा सुचना अधिकारी दान बहादुर रोकायाले वताएका छन् ।

वालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेकि छन् । हाडनाता तथा जबरजस्ती करणी भएको हकमा २८ हप्ता सम्म गर्भपतन गराउन पाँउने प्राबधान रहेको छ । ति वालिकाको गर्भपतन गर्ने वा के गर्ने बारे केही नभएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा ति बालिकाको चेक गर्दा २५ देखी २७ हप्ता भएको हुन सक्ने चिकित्सले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार