• होमपेज
  • बुढीगंगा
  • अज्ञात समुहद्धारा बुढीगंगा नगरपालिकाको लेखा फाटमा आगलागी

अज्ञात समुहद्धारा बुढीगंगा नगरपालिकाको लेखा फाटमा आगलागी

  • आइतवार, साउन ११, २०७७
अज्ञात समुहद्धारा बुढीगंगा नगरपालिकाको लेखा फाटमा आगलागी
फाइल तस्बीर

पदमबहादुर सिंह —  बुढीगंगा नगरपालिकाको लेखा फाटमा आगलागि भएको छ । सनीबार राति आगलागि भएको बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले बताए ।  सबैकाम काज सकेर कार्यालय बन्द रहेको समयमा राति अज्ञात समुहले लेखा फाटको झ्याल फोरेर पेट्रोल छर्कीएर आगो लगाएको शाहले बताए ।

आगलागिबाट झ्याल नजिकैका फाईलहरु जलेर नष्ट भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागि भएको खबर आएको छ प्रहरी चौकी टाटेको टोली गैसकेकोले छ । के कति क्षेति भएको प्रहरीले डाटा सकलन गरिरहेको बताएको छ ।

 क्षेतिको एकीन भएको छैन । आगो कसले लगायो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक दानबहादुर रोकायाले बताए ।  सोही नगरपालिकामा अघिल्लो बर्ष बिद्युत्त सट भएर आगलागि हुदा ठुलो क्षेति भएएको थियो ।

चर्चामा

सम्बन्धित समाचार