शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेस बाजुराकाे बैठककाे निर्णय पत्रकार सम्मेलनमार्फत सार्बजनिक

नेपाली काग्रेस बाजुराकाे बैठककाे निर्णय पत्रकार सम्मेलनमार्फत सार्बजनिक

  • शनिबार, साउन १०, २०७७
नेपाली काग्रेस बाजुराकाे बैठककाे निर्णय पत्रकार सम्मेलनमार्फत  सार्बजनिक

 नेपाली काँग्रेस बाजुराको २०७७ साउन ९ गते बसेको जिल्ला कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गरिएकाे छ ।  नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत निर्णय सार्बजनिक गरिएकाे छ ।  नेपाली काँग्रेस जिल्ला कार्य समिती बाजुराले ९ र १० गते बसेकाे बैठकले ४ निर्णय गरेकाे पत्रकार सम्मेलन मार्फत सार्बजिनक गरेकाे छ ।

नेपाली काग्रेस बाजुरा बुढिगंगा नगरपालिका वडा न १ अध्यक्ष राजेश ब सिहं बडिमालिका नगरपालिका १ का दिर्घराज जाेशी र साेही नगरपालिका २ का पार्टीका कृयाशिल सदस्य चक्र केशीकाे निधन प्रती शाेक प्रस्तावकाे निर्णय गरेकाे छ । त्यसै गरी अासन्न १४ अाैँ महाधिबेशन निधारीत समयमा सम्मपन्न गर्न जिल्ला कार्य समिति बाजुराले खेल्नुपर्ने भुमीकाका बिषयमा निर्णय गरेकाे पत्रकार सम्मेलनमा पार्टीका प्रबक्ता एबं नेपाली काग्रेसका नेता धनराज पण्डीतले जानकारी गराएका थिए ।

त्यसै गरी  बर्षयाममा साँफे मार्तडी सडक अवरुद्ध भएको लामो समय वितिसक्दा पनि सडक संचालन गर्न वा वैकल्पकि बाटोको व्यवस्था गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार तिनै तहका सरकार संग माग गर्ने र क्षेती भएका ठाउँमा राहत र उद्धारका लागि लाग्ने अाह्वन गर्ने निर्णय गरीएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए । त्यसै गरी यति बेला काेराेना भाइरसबाट बिश्व अाक्रान्त भएका बेला नागरिककाे ज्यु ज्यानकाे सुरक्षामा अहाेरात्र खटि सेवा दिने बाजुरा जिल्लाका सबै स्थानीय सरकार सुरक्षा निकायका  स्वास्थ्य कर्मी संचारकर्मी सहयाेगी सघं सस्थाहरूलाइ धन्यबाद दिने निर्णय गरिएकाे पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे थियाे ।

नेपाल प्रेश युनियन बाजुराका अध्यक्ष प्रेम राैलेकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काग्रेस जिल्ला कार्य समितिका सभापती कबिराज पण्डित रहेका थिय । प्रेश युनियन बाजुराका सचिव प्रशान्त जाेशीले संचालन गरेकाे कार्यक्रममा पार्टीका उपसभापती गाेबिन्द बहादुर मल्ल, महाअधिबेशन प्रतिनिधी जुना दानी, पार्टि सचिव रनसिंह अएडी, पुर्ण सिंह लगायतका नेताहरूकाे उपिस्थती रहेकाे थियाे । पत्रकार सम्मेलनमा जिल्ला स्थित बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरूकाे समेत उपस्थिती रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार