शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • नेपाली युवती रितुको लोभ लाग्दो सफलता, साउथदेखि बलिउडसम्म फड्को

नेपाली युवती रितुको लोभ लाग्दो सफलता, साउथदेखि बलिउडसम्म फड्को

  • बिहिबार, साउन ८, २०७७
नेपाली युवती रितुको लोभ लाग्दो सफलता, साउथदेखि बलिउडसम्म फड्को

संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा, नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्यासँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ। तिनै समस्या र चुनौतीलाई आत्मसात गर्दै भारतमा जम्न सफल एक मोडल र कलाकार हुन् रितु अवस्थी । रितुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । शिक्षा लिने क्रममा उनी छिमेकी देश भारत पुगिन् । त्यहींबाट सुरु भयो उनको शिक्षासँगै अभिनयको यात्रा । पेशाले उनी डाक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत छिन् ।

भारतीय बजारमा चिर परिचित नाम हो रितु अवस्थी । डाक्टरीसँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल, कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसकेकी छिन् ।  नेपालबाट भारतमा गएर करियर बनाउन धेरै मानिसहरू चाहन्छन् तर रितुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उनको सफलता र त्यही सफलता हाँसिल गर्न उनले गरेको मेहेनत। उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम, लक्स साबुनको विज्ञापन लगायतमा काम गरिसकेकी छिन् । ५ फिट ९ इन्च हाइट भएकी रितुको परिचय कलाकार, मोडल र डक्टरमा मात्र सीमित छैन । ३० वर्षको उमेरसम्म आइपुग्दा उनी एक सक्षम बिजनेस उमन समेत बनिसकेकी छिन् । उनले आफ्नै लज समेत संचालन गर्दै आएकी छिन् ।

करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म उनले कुनै एक शोबाट पारिश्रमिक लिने गरेकी छिन् । मेकअपमा सोखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् । उनी वि एम डब्लु, मर्सिडिज, भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्दछिन् ।

चर्चामा

सम्बन्धित समाचार