शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • संयोगिता बन्दै मानुषी

संयोगिता बन्दै मानुषी

  • बुधबार, साउन ७, २०७७
संयोगिता बन्दै मानुषी

मुम्बई : अभिनेत्री तथा पूर्वमिस वल्र्ड मानुषी छिल्लरले अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा आफू पनि यो खेलको पारखी भएको बताएकी छन्। मानुषी र उनका पिता मित्रा बसु दुवै यो खेल खेल्थे। उनले भनिन्, ‘यो खेलमा कुनै पनि मूल्यमा प्रतिद्वन्द्वीलाई पछार्नुपर्ने हुन्छ।’

मानुषीले भनिन्, ‘बुवासँग यो खेल खेल्न मलाई धेरै रमाइलो लाग्छ। उहाँ धेरै बुद्धिमान् र तेज व्यक्ति हुनुहुन्छ।’ उनले यो खेलको माध्यमबाट आफूमा प्रतिस्पर्धाको भावना बढाउन बाबुले सहयोग गरेकोमा धन्यवाद पनि दिइन्। मानुषीले भनिन्, ‘म जबर्जस्त प्रतिस्पर्धी हुँ र मेरा पिताले यसलाई बढाउन मद्दत गर्नुभयो। उहाँले खेलमा मलाई सधैं हराउने कोसिस गर्नुभयो र मलाई जित्न प्रोत्साहित गर्नुभयो। छोरी भए पनि मैले गल्ती गरेको हेर्न चाहनु हुन्नथ्यो।’

मानुषीले फिल्म ‘पृथ्वीराज’बाट सुपरस्टार अक्षय कुमारसँग बलिउडमा करिअर सुरुआत गर्दै छिन्। चन्द्रप्रकाश द्विवेदीद्वारा निर्देशित फिल्म ‘पृथ्वीराज’ राजा पृथ्वीराज चौहानको जीवनमा आधारित छ। यसमा अक्षयलाई पृथ्वीराजको रूपमा देखाइनेछ भने मानुषीले संयोगिताको भूमिका निर्वाह गर्नेछिन्।

चर्चामा

सम्बन्धित समाचार