शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,९९४

नेपालमा थप १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,९९४

  • मङ्लबार, साउन ६, २०७७
नेपालमा थप १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,९९४

पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ। सोमबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन्। मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

चर्चामा

सम्बन्धित समाचार