• होमपेज
  • बुढीगंगा
  • कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजु माथि ओपिडिमै दुर्ववहार

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजु माथि ओपिडिमै दुर्ववहार

  • सोमवार, साउन ५, २०७७
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजु माथि ओपिडिमै दुर्ववहार

 कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज डा. राजुराज जैशी माथि ओपिडिमै दुर्ववहार भएको छ । बिरामी चेकजाँच गरिरहेकै बेला आफु माथि स्थानिय मेखराज शाहिले दुर्ववहार गरेको डा. राजु जैशीले वताएका छन् । क्षयरोग एकजना बिरामी महिलालाई बयलपाटा रिफर गरेको घटनालाई लिएर आफु माथि दुर्ववहार सँगै ज्यान मार्ने धम्कि दिएको जैशीले वताए छन् ।

पहिलो चरण ६ महिना क्षयरोगको औषधि खाइसकेको दोस्रो पटक पनि ६ महिना औषधि खादा सञ्चो नभएपछि थप उपचार तथा चेकजाँचका लागि अछामको बयलपाटा अस्पालमा रिफर गरेको थियो । ६ महिना औषधि खादा पनि खकारमा टिभिको किटाणु देखापरेपछि जिनस्पट जाँच गर्नका लागि लागि रिफर गरेको थिए । मेखराज शाहिलाइ क्षयरोगको बारेमा र अन्यत्र जानु भनेर धेरै पटक सम्झाए, तर उनले उल्टै आफुलाई तपाइ जस्तालाई सरुवा, बढुवा र जागिर खाने हैसियत भएको मान्छे हु, केही परे ज्यानको जोखिम हुन्छ, ज्यान मार्न सक्छु भनेर बिरामी हेरिरहेको बेला दुर्ववहार गरेको जैशीले वताए । यस्ताे वातावरण हुने हाे भने काम गर्न नसकिने डाक्टर जैशीले बताएका छन ।

डा. राजुराज जैशीले आफु असुरक्षित भएको काम गर्ने वाताबरण नभएको भन्दै बुढिनन्दा नगरपालिका र प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाइ जानकारी गरिसकेको वताएका छन् । प्रमुख जिल्ला अधिकारी गैह्रेले भने डाक्टर माथि दुर्ववहार भएको र ज्यान जोखिमको धम्कि दिएकोले मेखराज शाहिलाई समात्न प्रहरीलाई निर्देशन दिइसकेको वताएका छन् । बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमारी गिरीले पनि डा. राजुराज जैशी माथि दुर्ववहार भएको खबर आएको तर सत्यतथ्य बुझन बाँकि रहेको वताएका छन् । मेखराज शाहिले भने ज्यान मार्ने धम्कि नदिएको तर औषधि छैन् भनीसकेपछि बिवाद भएको वताएका छन् ।

आफुले औषधिको बारेमा सोधेको हु, डाक्टर बाट राम्रो प्रतिक्रिया नआएपछि विवाद भएको हो भनेर आफ्नो बचावट गरिरहेका छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत १ बर्ष देखि चिकित्सक बिहिन बनेको थियो । बैशाख महिनामा जिल्ला अस्पताल बाजुरा बाट कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए । कोल्टिमा पटक पटक चिकित्सक बस्न नमान्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार