सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • प्रदेश ५
  • यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

  • शनिबार, साउन ३, २०७७
यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् ।प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को मृत्यु भएकोमा यो प्रदेशमा मात्रै १३ को मृत्यु भएको छ ।

यसकारण मुक्त हुँदैछ
अन्यत्रको तुलनामा उच्च गतिमा सङ्क्रमण फैलिएको यो प्रदेशमा उच्च गतिमै निको हुनुमा विशेष कारण छन् । मन्त्री बरालका भनाइमा उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालना जस्ता कारणले हट स्पटसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो ।

उनका भनाइमा सङ्क्रमण देखिनुअघि नै यहाँका सबै जिल्लामा ठूलो क्षमताका क्वारेन्टाइन, कोरोना विशेष अस्पताल र प्रयोगशाला बनाइएको थियो । सुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै व्यवस्था गरेर परीक्षणको दायरा विस्तार गरिएको थियो । त्यस्तै रोग प्रतिरोधी औषधि वितरण, नियमित र स्वस्थ खानपान, शारीरिक अभ्यास, मनोविमर्श, व्यवस्थित रेखदेखका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार