• होमपेज
  • कला /साहित्य
  • बालकुमार क्षेत्रीकाे “तीव्र गतिमा साइनो”

बालकुमार क्षेत्रीकाे “तीव्र गतिमा साइनो”

  • बिहिबार, साउन १, २०७७
बालकुमार क्षेत्रीकाे “तीव्र गतिमा साइनो”

#तीव्र_गतिमा_साइनो नेपाली साहित्यमा उदाएको कान्छो विधा साइनो अहिले निकै चर्चामा रहेको कुरा यहाँहरुलाई अवगत भएकै कुरा हो।पछिल्लो समय २०७६ साउन १६ गते जन्म लिएको कविताको लघु विधा साइनोले हजारौं सर्जकको मलजल पाइरहेको छ र तीव्र गतिमा अगाडि बढिहेको छ।देशभरका विभिन्न रेडियो टिभि र पत्रपत्रिकामा साइनो बारे बहस भैसकेका छन् र अहिलेपनी विभिन्न पत्रपत्रिकाले साइनोलाई स्थान दिइरहेका छन् ।

त्यति मात्र नभई फेसबुक लाइभ मार्फत साइनो वाचन कार्यक्रमले निरंतरता पाइरहेको छ।हप्तामा तीन दिन, आइतबार मंगलवार र बिहिवार प्रसारण हुने कार्यक्रममा प्रस्तोताहरु- बालकुमार क्षेत्री,कमला भण्डारी ढकाल ,सीता सुवेदी पन्थी, सुरेन्द्र शाही , शान्तिदीप र शान्ता पौडेलले लाइभ सन्चालन गर्दै आइरहनु भएको छ।आउने केही दिनमा अरु नयाँ सर्जक पनि जोडिएर दैनिक लाइभ संचालन गर्ने कुरामा पनि छलफल चलिरहेको छ। मिति २०७७ असार ३० गते बेलुका जूम( zoom) मार्फत महत्त्वपूर्ण छलफल गरियो।यस कार्यक्रमलाई साइनोकार सीता सुबेदी पन्थीले तीन चरणमा चलाउनु भएको थियो।कार्यक्रमका प्रमूख अतिथी साइनो प्रणेता साहित्यकार छायादत्त न्यौपाने बगरले नेपाली धर्तीमा सुरु भएको साहित्यको कान्छो विधा सबै नेपाली साहित्यको साझा सम्पदा भएकोले प्रबर्द्धन गर्ने कुरामा पनि सबै नेपालीको समान दायित्व रहेको कुरामा जोड दिनु भएको थियो।

बिशेष अतिथिहरु:-केशव ज्ञवाली, बालकुमार क्षेत्री, कमला भण्डारी ढकालले मन्तव्य सहित साइनो वाचन गर्नु भएको थियो भने खेमलाल पोखरेल, हरि चौलागाईं , कृष्ण पौडेल,सुरेन्द्र शाही र बिष्णु पादुकाले साइनो वाचन गर्नुभएको थियो। त्यसैगरी अतिथिहरु दीपा रेग्मी,किशोर खनाल ,निरन्जना चन्द,शान्ता पन्थी,थमन थापा( अफगानिस्तान ),सीता पौडेल,चन्द्रवती अधिकारी , लालचन्द्र लम्साल, पुष्कर रिजाल, शान्ता पौडेलले पनि साइनो वाचन गर्नु भएको थियो। यस कार्यक्रममा बाबुराम न्यौपाने उत्स, सन्तोष खत्री र सबिता कोइरालाको बिशेष उपस्थिति रह्यो। कार्यक्रमको अन्त्यमा सो कार्यक्रमको अध्यक्षता गरिरहनु भएका साहित्यकार महानन्द ढकालले नेपाली साहित्यको कान्छो विधा साइनो सबै नेपालीको मन मस्तिष्कमा पसिसकेको कुरा प्रकाश पार्दै पश्चिम् नेपालको कोहलपुर बाँकेमा पनि साइनो निकै लोकप्रिय भएको कुरा जानकारी गराउनु भयो। साइनो बाङ्गमय प्रतिष्ठानको वार्षिकोत्सवको पूर्व सन्ध्यामा भएको यो कार्यक्रमले साइनो स्रस्टाहरुमा थप उर्जा प्रदान गरेको महसुस गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार