शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • छाड थोत्रा वार्गेनिङकै झटाराहरु

छाड थोत्रा वार्गेनिङकै झटाराहरु

  • बुधबार, असार ३१, २०७७
छाड थोत्रा वार्गेनिङकै झटाराहरु

सरकार सदै दन्ते बिचारले गर्दैन,
सदैभरी देशमा नरसहारले गर्दैन।

मिठो स्वर अनि लय राग हुँनुपर्छ,
मात्रै बोके को त्यो गिटारले गर्दैन।

छाड थोत्रा वार्गेनिङकै झटाराहरु,
बिना धारका त्यो औजारले गर्दैन।

भन्छन मुखले जेपनि तार लगाऔ,
नियति बिनाको काँडे तारले गर्दैन।

आकासमा बादलनै छैन भने पछि,
बर्षा रिम झिम त्यो असारले गर्दैन।

सुगन्ध गुलाबमा हुँन्छ थाहाछ सबै,
नक्लि त्यही महेँगो सिताराले गर्दैन।

सेतेको बिचार मानेर छलफल गरौँ,
सब थोक हल पनि तरवारले गर्दैन।
सुरेशकुमार पान्डे।१५-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार