शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • २४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

  • बुधबार, असार ३१, २०७७
२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ। बुधबार थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।मंगलबारसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार