शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईकोे परिवारलाई राहत

क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईकोे परिवारलाई राहत

  • मङ्लबार, असार ३०, २०७७
क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईकोे परिवारलाई राहत

बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेराको क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईको परिवारलाई राहत सहयोग गरिएको छ ।नेकपा बडीमालिका वडा संगठन कमिटीको समन्वय, नेकपा नगर संगठन कमिटीको पहल तथा सदरमुकाम स्थित व्यापारी र कर्मचारीको आर्थिक सहयोगमा मृतक दमाईको परिवारलाई राहत स्वरुप खाद्यन्न र जिन्सी सामाग्री सहयोग गरिएको हो ।

क्वारिन्टाईनमा मृत्यु भएका दमाईको परिवार यस अघि ज्याला मजदुरीको शिलशिलामा करिव २ दशक सम्म भारतमा बसोबास गर्दै आएका थिए । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण दमाईको पाँच जनाको परिवार करिव २ दशक पछि घर फर्किएका थिए । क्वारिन्टाइनमा रहेकै बेला भुपेन्द्र दमाईले क्वारिन्टाइनमै आत्महत्या गरेका थिए ।श्रीमानले क्वारिन्टाईनमा आत्महत्या गरेपछि सहारा विहिन बनेकि कलमति दमाईकाे परिवारको तत्कालको अवस्थालाई मध्येनजर गरेर नेकपा बडीमालिका नगर संगठन कमिटीको पहलमा उनको परिवारलाई नगद ९ हजार १ सय १५ सहित ५० केजि चामल, र सौचालय निर्माणका लागि जिन्सी सामान सहयोग गरिएको नगर संगठन कमिटी संयोजक विरबहादुर रावलले बताएका छन् ।

क्वारिन्टाइनमा आत्महत्या गरि मृत्यु भएका दमाईको कोरोना रिपोट पनि पोजेटिभ देखिएको थियो । मृत्यु भएका दमाईको परिवारलाई राहत सामाग्री हस्तान्त्रण गर्न नेकपा बाजुराका कार्यालय सदस्य गगन रावल, प्रचार विभाग प्रमुख अमर खड्का, कार्यालय सदस्य काँशी विक, जिल्ला कमिटी सदस्य तुलाराम जैशी, नेकपा नगरसंगठन कमिटी सचिव चन्द्र थापा, बडीमालिका २ का वडा अध्यक्ष डम्बर महत, गौमुल गाउँपालिका १ का अध्यक्ष बलबहादुर रोकाया, युवा शेर रावल, लक्ष्मण रोकाया लगायत सहभागि भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार