शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • फ्रस्टेड ओलिका फेलिएर कार्यकर्ताको प्रदर्शन मार्तडीमा-रावल

फ्रस्टेड ओलिका फेलिएर कार्यकर्ताको प्रदर्शन मार्तडीमा-रावल

  • बुधबार, असार २४, २०७७
फ्रस्टेड ओलिका फेलिएर कार्यकर्ताको प्रदर्शन मार्तडीमा-रावल

नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले अनेरास्ववियु/नेकपाले आज जिल्ला सदरमुकाम मार्तडीमा प्रधानमन्त्री ओलिको कुर्सी रक्षार्थ गरेको आन्दोलनलाई `मर्ने बेला हरियो काक्रो´भन्दै सरकारका गलत कामको विरुद्ध बोल्न नसक्ने अनेरास्ववियु/नेकपा बाजुराले सत्ताको दुरुपयोग गरेको पैसाले आफ्नै कार्यकर्ता सडकमा उतारेर ओलिको कुर्सी रक्षार्थ उभिनु मुर्खता भएको आरोप लगाए | नेता रावलले आफ्नै पार्टी समाल्न नसक्ने ओलिलाई अझै देश चलाई राख भन्नू दासत्व भएको भन्दै अनेरास्ववियु बाजुरालाई दासत्व भन्दा माथी उठ्न आग्रह गरेे । पत्रकारसंग कुरा गर्दै रावलले नेकपा भित्रको युवा पुस्ताले आफ्नो बिबेक प्रयोग गर्ने भन्दापनी राज्य सत्ताकै पैसा दुरुपयोग गरि उत्तेजित भावनामा कसैको झोले बनी सडकमा उत्रनुले नेकपा बाजुराको भबिष्य के हुने हो? चिन्ता व्यक्त गरे| सतारुढ दलको युवा पुस्ता समाज प्रति जिम्मेवार नहुने हो भने नेपाल देश र नेकपा पार्टीकै भबिश्य सकिन्छ भन्दै रावलले जनमतको सम्मान गर्दै जिम्मेवार भन्न आग्रह गरेेेेका छन|प्रधानमन्त्री ओलिलाई प्रश्न गर्दै नेता रावलले जनमत लिने अनि जनता प्रती जवाफदेही बन्नु नपर्ने? यो कस्तो ओलि तन्त्र हो? तुरुन्तै राज्यसत्ताको दुरुपयोग रोकिनुपर्छ| फ्रस्टेड ओलिका फेलियर कार्यकर्ताले आफ्नै लाज छोप्न सक्दैनन् भने नेपाल देशको ईजत कसरी राख्न सक्छन् भन्दै रावलले पैसा बितरण गरि आफ्नै पक्षमा प्रदर्शन नगर्न आग्रह गरेेेेमा छन |

चर्चामा

सम्बन्धित समाचार