बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • भारत र चीनलाई तुलना गर्दै योगेशले गरे चार प्रश्न

भारत र चीनलाई तुलना गर्दै योगेशले गरे चार प्रश्न

  • बुधबार, असार २४, २०७७
भारत र चीनलाई तुलना गर्दै योगेशले गरे चार प्रश्न

काठमाडौं : नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेपको विषयमा बहस भइरहेका बेला पर्यटनमन्त्री योगेश भट्टराईले भारत र चीनले नेपालप्रतिको दृष्टिकोण र व्यवहारलाई तुलनात्मक विश्लेषण गरेका छन्।

चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानमा सहजीकरण गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी आइरहेका बेला सत्तारुढ दलका नेताले रक्षात्मक प्रतिक्रिया दिइराखेका छन्।

भट्टराईले नेपालको राजनीतिक घटनाक्रममा भारतको र चीनको भूमिकाको विषयमा गम्भीर प्रश्न गरेका हुन्। मन्त्री भट्टराईले कुनै पनि विदेशी राजनीतिक र कूटनीतिक गतिविधिलाई तुलनात्मक रुपमा हेर्नु आवश्यक रहेकोसमेत औंल्याए। उनले सबैको कुरा सुन्नुपर्ने तर त्यो मान्ने नमान्ने अधिकार आफ्नै भएकोसमेत प्रष्ट पारेका छन्।

‘कुनै पनि विदेशी राजनीतिक तथा कूटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ’, मन्त्री भट्टराईले भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो।’

भट्टराईका चार प्रश्न
-संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भभाव राख्नु ठिक ?

-पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाव राख्नु ठिक ?

-नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?

-पार्टी-पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धृप्रति सद्भाव राख्नु ठिक ?

अन्नपूण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार