शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • डाक्टर गोबिन्द केसी द्धारा जिल्ला अस्पताल बाजुरामा अप्रेसन सेवा

डाक्टर गोबिन्द केसी द्धारा जिल्ला अस्पताल बाजुरामा अप्रेसन सेवा

  • बुधबार, असार २४, २०७७
डाक्टर गोबिन्द केसी द्धारा जिल्ला अस्पताल बाजुरामा अप्रेसन सेवा
जिल्ला अस्पताल बाजुरामा बिरामिकाे उपचार गर्दै डाक्टर गाेबिन्द केसि

 डाक्टर गोबिन्द केसी १ हप्ता देखी जिल्ला अस्पताल बाजुरामा बिरामीको उपचार गरिरहेका छन् । उनले जिल्ला अस्पताल बाजुरामा जटिल खालको अप्रेसन सेवा समेत दिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा.रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसीले नेपालगञ्जमा सम्म हुने अप्रेसन सेवा बाजुरामै दिएका छन् । बडिमालिका नगरपालिका ९ कि ४८ बर्षिय बसन्ती गुरुङ्गको नसा सम्बन्धि जटिल खाले अप्रेसन जिल्ला अस्पताल बाजुरामा केसीले गरेका छन् ।

अन्यन्त्र जान पैशा थिएन्, लामो समय देखी समस्याले अल्झिरहेकी थिए, जिल्ला अस्पतालमै सेवा पाएको बसन्तीले वताएकि छन् । केसी साना धेरै अप्रेसन गरेको भएपनि जटिल खाले ३ वटा ठुला हात र नशाको अप्रेसन गरेको स्टाफ नर्स धर्म रोकायाले बताएकि छन् । नेपालगञ्ज काठमाडौ हुन् अप्रेसन सेवा पनि जिल्लामै निशुल्क सेवा पाँउदा रोग पालिरहेकाले उपचार पाएका छन् । केसी बाजुरा सँगै चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी शुदुरपश्चिम प्रदेशका दुर्गम गाँउ पुगेर बिरामीको उपचार सँगै निशुल्क औषधि दिईरहेका छन् । केसी शुदुरपश्चिम प्रदेश हुदै कर्णाली प्रदेशको हुम्ला पुगेर बिरामीको उपचार गरेर फिर्ता भएका छन् । कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका छन् ।

दाँया पाखुराको जोर्नी फुस्कीएर आइसोलोसनमा भर्ना भएका एक जना बिरामीको चेकजाँचका साथै उपचार गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा बाट बाजुरा पुगेका थिए । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी बाजुरा पुगेका थिए । दुई दिन सम्म जिल्ला अस्पताल बाजुरामा सेवा दिएका उनि बाजुरा र हुम्लाका दुर्गम ठाँउमा रहेका स्वास्थ्य संस्थामा बसेर केही फेरी जिल्ला अस्पताल बाजुरामा पुगेर १ हप्ता देखी सेवा दिइरहेका छन् । उनि उपचार मात्र नभई बिरामीलाई औषधि समेत निशुल्क वितरण गर्ने गरेका छन् । डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए ।

बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसी बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझने रहेको छ । बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार