बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश बिदेश जनता रोग भोकले मरेका छन

देश बिदेश जनता रोग भोकले मरेका छन

  • मङ्लबार, असार २३, २०७७
देश बिदेश जनता रोग भोकले मरेका छन

देश बिदेश जनता रोग भोकले मरेका छन,
यता मत्री सत्ता खोसा खोसमा परेका छन।

लाज सर्म पचाए सडक सदनमै मारामारी,
एक ले आर्काको कुर्ची खोस्न सरेका छन।

बबाल छ यार मेरो देशको कथा र ब्याथा,
भारु अनि डालर वालाले गर्नु गरेका छन।

युवालाई कोविडले बेरोजगार बनाए पछि,
जनता झनै गरिबी रेखा मुनी झरेका छन।

जसको आस र आधार थियो जनत लाई,
उनैले जनघातीका सबै सिमा तरेका छन।

सबै काम छाडेर देश जोगाउँ जनता आउ,
नेताले त मष्तिक भित्र बारुद भरेका छन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार