शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • खलनायक बन्न चाहन्छिन् नाओमी

खलनायक बन्न चाहन्छिन् नाओमी

  • सोमवार, असार २२, २०७७
खलनायक बन्न चाहन्छिन् नाओमी

अलादिनमा राजकुमारी जस्मिनको भूमिका निर्वाह गरेकी अभिनेत्री नाओमी स्कटले आफूले डिज्नी खलनायकको भूमिका गर्न चाहेको बताएकी छन्। २०१९ को लाइभ एक्सन म्युजिकल फेन्टासी फिल्म अलादिनमा अभिनय गरेपछि नाओमी स्क्रिनमा खराब आइमाईको रोलमा देखिन चाहेकी हुन्। यो सो वाल्ट डिजनी पिक्चर्सबाट १९९२ को एनिमेटेड क्लासिकलाई पुनर्निर्माण गरिएको हो।

नाओमीले भनिन्, ‘म वास्तवमा डिज्नी खलनायकको भूमिका निर्वाह गर्न चाहन्छु। हुन त यो मेरो वास्तविक चरित्र होइन तर म निर्दयी सैतानको भूमिका गर्न मन पराउँछु। त्यो राम्रो मान्छे होइन तर यस्तो रोल गर्न बहुत मज्जा आउँछ। त्यसैले म यो रोल गर्न चाहन्छु।’

उनलाई जस्मिनको रोल गर्न पनि रमाइलो नै लागेको थियो। ‘गाई रिचीको निर्देशनमा सुटिङ गर्दा यस्तो समय पनि आयो कि मैले जस्मिनको रोल गरिरहेकै छैन’, उनले भनिन्, ‘मैले जब विल स्मिथलाई भेटें त्यो समय पनि कमालको थियो। मैले उनलाई पहिलो पटक जिममा भेटेको हुँ। उनले मलाई चिनेका थिएनन्। मैले नै उनलाई बताएको हुँ कि म जस्मिनको रोल गर्दैछु। अलादिनमा विल स्मिथले जिनीको भूमिका निर्वाह गरेका छन्। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार