बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा कृर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु

त्रिवेणीमा कृर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु

  • आइतवार, असार २१, २०७७
त्रिवेणीमा कृर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु

 चक्र बहादुर अएडी– कृर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा हिजो देखि रत्न माध्यामिक विद्यालयमा सुरुगरिएको छ । प्रधान मन्त्री स्वरोजगार त्रिवेणी नगरपालिकाको आयोजनामा तालिम हिजोदेखि सुरु भएको छ । व्यवसाय गर्न सोच बनाएका तरकारि व्यवसाय गर्ने कुखुर , बाख्रा लगएतका व्यवसाय गर्न चाहाने वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम संचालन गरिएको वडा कार्यलयले जानकारि दिएको छ ।

खालि बस्नु भन्दा केहि सिप सिक्यो भने आफ्नो खुट्टामा उभिन सकिने भएको ले र आफ्नो घर परिवारलाई पालन पोषण गर्न सकिने भएको ले सो कार्यक्रम संचालन गरिएको त्रिवेणी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष विरबहादुर विस्टले जानकारि दिए । त्रिवेणी नगरपालिका वडा नम्वर ९ का व्यवसाय गर्न लागेका र व्यवसाय गरिराखेका युवा युवति हरुलाई व्यवसायिक योजनाको वारेमा तालिम दिईरहेको त्रिवेणी नगरपालिका का उद्ययम विकास सहजकर्ता खुसिराम विक ले जानकारि दिए ।

विक का अनुसार तालिममा व्यवसायिहरुलाई व्यवसाय कसरि गर्ने , बचत कसरि गर्ने भन्ने विषयमा तालिम दिईने बताए । तालिममा वडा नम्वर ९ का ६ जना महिला र १० जना पुरुष गरि जम्मा १६ जना लाई तालिम दिईरहनु भएको छ । तालिम पाँच दिन सम्म चल्ने र तालिमको सहजिकरण त्रिवेणी नगरपालिकाका उद्यम विकास सहजकर्ता खुसिराम विक र लाल बहादुर बुढाले राखेका छन । हिजो एक औपचारिक कार्यक्रमका विच उद्धघाटन गरिएको हो ।

वडा अध्यक्ष विरबहादुर विस्टको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा त्रिवेणी नगरपालिका का रोजगार संयोजक अर्जुन रोकाया वडा सदस्य लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन वडा नम्वर ९ का लेखा सहायक रंग बहादुर साउदले गर्नु भएको कार्यलय सहयोगाी मान बहादुर विस्टले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार