शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा झोलुंगे पुल माथि पानि, आवतजावतमा बन्द (फाेटाे फिचर)

बाजुरामा झोलुंगे पुल माथि पानि, आवतजावतमा बन्द (फाेटाे फिचर)

  • आइतवार, असार २१, २०७७
बाजुरामा झोलुंगे पुल माथि पानि, आवतजावतमा बन्द (फाेटाे फिचर)
फाेटाे : आशा थापा

लगातारको अबिरल बर्षाले त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि गएपछि आवजावत बन्द भएको वडा अध्यक्ष हिरालाल थापाले वताएका छन् ।

लगातार बर्षाले शुक्रवार देखी पुल माथि पानि बग्न थालेपछि आवतजावत बन्द भएको छ । पुल माथि पानि जाँदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान बन्द गरिएकाे छ । पुल माथि पानि बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावतमा समस्या भएको स्थानिय आशा थापाले वताएका छन् ।


लगातार बर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका छन् । बुढिगंगा नदिले बाजुराको द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् ।

बुढिगंगा नदिको द्धावारीमा रहेको झोलुंगे पुल बगाइसककेको स्थानिय धन जैशीले वताए । कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् ।

वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाँउ पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार