शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

  • आइतवार, असार २१, २०७७
घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।

छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् । फरार रहेका खड्काको खोजीकार्य जारी छ ।

“घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।” कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार