शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा बिद्यालयको काममा दुइपक्षिय झडप

बाजुरामा बिद्यालयको काममा दुइपक्षिय झडप

संक्रमित गम्भिर घाइते उपचारका लागि नेपालगञ्ज लगियो

  • शनिबार, असार २०, २०७७
बाजुरामा बिद्यालयको काममा दुइपक्षिय झडप

बडिमालिका नगरपालिका ४ रिलामा पाथरकोट आधारभुक्त बिद्यालयको काम गरिरहेको बेला शुक्रवार झडप भएको छ । झडप बाट २२ बर्षिय नरेन्द्र नेपाली गम्भिर घाइते भएका छन् ।
घाइते नरेन्द्रलाई शुक्रवार राति जिल्ला अस्पताल बाजुरामा उपचारमा ल्याएपनि अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज रिफर गरेको छ । टाँउकोमा गम्भिर चोट लागेका कारणले थप उपचारका लागि नेपालगञ्ज पठाईएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
बिद्यालयमा काम गरिरहेका बेला नरेन्द्र माथि बिद्यालयको काम गरिरहेका गाँउलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनलाई आक्रमण गर्ने चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा वडा नम्बर ४ रिला गाँउका बिक्रम सिहं, कृष्ण सिंह, गणेश नाथ र खेमराज नाथ रहेको प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार