बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • ताप्रीसेरा झोलुंगे पुल माथि पानि, आवतजावतमा जोखिम

ताप्रीसेरा झोलुंगे पुल माथि पानि, आवतजावतमा जोखिम

  • शनिबार, असार २०, २०७७
ताप्रीसेरा झोलुंगे पुल माथि पानि, आवतजावतमा जोखिम

लगातारको अबिरल बर्षाले त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि गएपछि आवजावतमा जोखिम भएको वडा अध्यक्ष हिरालाल थापाले वताएका छन् ।

लगातार बर्षाले शुक्रवार देखी पुल माथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुल माथि पानि जाँदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुल माथि पानि बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावतमा समस्या भएको स्थानिय बसन्त थापाले वताएका छन् ।
लगातार बर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका छन् । बुढिगंगा नदिले बाजुराको द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् ।


बुढिगंगा नदिको द्धावारीमा रहेको झोलुंगे पुल बगाइसककेको स्थानिय धन जैशीले वताए । कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाँउ पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
त्यस्तै नदिमा बाढि बढेपछि बाजुराका अन्य दर्जनौ पुल समेत बाढिको जोखिममा रहेका छन् । अछाम बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानियले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानियले बताएका छन् ।


त्यस्तै बडिमालिका नगरपालिका ८ र ९ मा रहेको गडखेत टोल पुरै बाढि पहिरोको जोखिममा रहेको छ । गाँउ नजिकै रहेको बाउली, र खारगाडले कटान गर्दै गएपछि ५७ परिवार जोखिममा रहेको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।
नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको जय अयडिले वताएका छन् । खोलामा बाढि आएको दिनमा कुनै दिन नसुत्ने रातभरी जागाराम बस्ने गरेको उनले वताए । सधैका बर्षमा बाउलि र खारगाडले जग्गा त कटान गरिरहेको छ, अब कुन दिन घर समेत जाने अबस्थामा रहेका छन् । जग्गा भने गडखेतका बासिन्दा मात्र नभई वडा नम्बर ८ र ९ का धेरै परिवारको पर्ने गरेको छ । जग्गा कटान हुदै गएपछि खाद्य संकट उत्पन्न हुदै गएको र बजारको चामल भर पर्ने गरेको उनिहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार